Logo

२०८३, कार्तिक २८गते


images
images

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित

images
  • एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित
    images

    काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा मंगलबार सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाएको थियो ।

    images
    images
    images

    हङकङको ब्याटिंग लाइन ध्वस्त गर्न नेपाली बलर सोनी पाख्रिनले ४ विकेट लिएकी थिइन् भने मनिषा उपाध्यायले २ विकेट लिएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्बाधिक ९० रन बनाएकी थिइन् भने सावित्री धामीले ५२ रन बनाएकी थिइन् । त्यस्तै अलिशा कुमारी यादवले अविजित २३ रन बनाएकी थिइन् ।

    images
    images

    नेपालले समुह चरणका तिनै खेलमा शानदार जित हासिल गरेको छ । नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले र कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अब क्वाटरफाइनल खेल खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।