Logo

२०८३, आश्विन १०गते


images
images

गणेश नेपाली मृत्युको घटनामा सरकारले राजनीति गर्यो : ज्ञानेन्द्र शाही

गणेश नेपाली मृत्युको घटनामा सरकारले राजनीति गर्यो : ज्ञानेन्द्र शाही

images
  • गणेश नेपाली मृत्युको घटनामा सरकारले राजनीति गर्यो : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्युको घटनामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् । 

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले नेपालीको मृत्यु प्रकरणमा राजनीति गरेको बताउदै जनताको अधिकारको कुरा गर्दा र कानुनको पालना गर भन्दा राजनीति गरेको नहुने बताएका हुन् । 

    images
    images
    images

    गृहमन्त्री गुरुङलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार नगरेको भन्दा संसदमा राजनीतिकरण भएको बताएको भन्दै संसद शाहीले संसद् भवनमा आगो लगाएर चुनाव लड्नु राजनीतिकरण भएको तर कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्दा राजनीति नहुने बताए । 

    images
    images
    images

    उनले भने- 'संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ ।'

    उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए । उनले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताए ।

    शाहीले आफ्नो दलले सडकमा जथाभावी पार्किङ गर्नुपर्छ वा ट्राफिक नियम उल्लङ्घन गर्नुपर्छ भनेर कहिल्यै नभनेको बताउँदै त्यसविपरीत भ्रम फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाए । उनले भने- 'यदि कसैसँग हिम्मत छ भने संसद्को रेकर्ड हेरे हुन्छ। हामीले कहिल्यै जथाभावी पार्किङ गर्नुपर्छ भनेका छैनौँ । यस्ता भ्रम फैलाएर मानिसको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस् ।’

    ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे ।

    सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत किर्तिपुरस्थित जलन अस्पताल लैजानुपर्नेमा अपराधी जस्तो हिँडाएर वीर अस्पताल लागिएको भन्दै आपत्ति जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।