Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया
    images

    देवदह । रुपन्देहीको देवदह–७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीलाई सक्षम, जिम्मेवार र सफल नागरिक बनाउन विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए । उनले घरमा बालमैत्री, अनुशासित र सिकाइमैत्री वातावरण सिर्जना गर्न अभिभावकलाई आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा अधिकांश अभिभावकले विद्यालयले प्रदान गर्दै आएको नैतिक तथा प्राविधिक शिक्षाको प्रशंसा गरेको विद्यालयले जनाएको छ । अभिभावकले विद्यार्थीलाई पुस्तकमा सीमित नराखी व्यावहारिक ज्ञान, जीवनोपयोगी सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिमा थप जोड दिनुपर्ने सुझाव दिएका थिए ।

    images
    images

    कार्यक्रममा कक्षा ८ कक्षा शिक्षकहरु अजिमा पराजुली, खेमबहादुर आले र मिनु घिमिरेले आ–आफ्ना कक्षाका विद्यार्थीको शैक्षिक अवस्था, सिकाइ प्रगति र व्यवहार सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

    ७० भन्दा बढी अभिभावकको सहभागिता रहेको कार्यक्रम सह–प्राचार्य प्रदीप अधिकारीले सञ्चालन गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।