Logo

२०८३, कार्तिक २८गते


images
images

काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

images
  • काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण पुष्टि भएको छ।

    images
    images
    images

    महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म सञ्चालन गरिएको परीक्षणमा १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रकारका एचपीभी संक्रमण देखिएको हो। एचपीभी संक्रमण देखिनु क्यान्सर भएको नभई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहेको संकेत मात्र भएको चिकित्सकहरूले बताएका छन्।

    images
    images
    images

    कार्यक्रमका क्रममा ३ हजार ४९४ महिलाले नाम दर्ता गरे पनि २ हजार ९७५ जना मात्रै परीक्षणका लागि अस्पताल पुगेका थिए। उनीहरूमध्ये २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। यस क्रममा ४११ जनाको म्यामोग्राम र ४९४ जनाको स्तनको भिडियो परीक्षण गरिएको थियो।

    images
    images

    परीक्षणका क्रममा ११ जनामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था देखिएको छ। तीमध्ये चार जनामा उच्च जोखिम र सात जनामा न्यून जोखिमको अवस्था रहेको जनाइएको छ। त्यस्तै, स्तन परीक्षणमा चार जनाको बायोप्सी गर्नुपर्ने देखिएकामा दुई जनामा स्तन क्यान्सर पुष्टि भई उपचार भइरहेको महानगरपालिकाले जनाएको छ।

    वडागत विवरणअनुसार वडा नम्बर २२ का ११ जनामा एचपीभी संक्रमण पुष्टि भएको छ भने वडा नम्बर १६ मा नौ जना, वडा नम्बर १४ र १५ मा समान सात–सात जना तथा वडा नम्बर ७ मा छ जनामा संक्रमण देखिएको छ। वडा नम्बर २, १२, १७, १८, २० र २१ का परीक्षण गराएका महिलामा भने संक्रमण पुष्टि भएको छैन।

    चिकित्सकहरूले ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा एक पटक पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन तथा स्तनमा गाँठो, आकार परिवर्तन वा अन्य असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।