Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया
    images

    देवदह । रुपन्देहीको देवदह–७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीका अभिभावकसंग विद्यालयले छलफल गरेको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीको समग्र विकासका लागि शिक्षक र अभिभावकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । बदलिँदो समयसँगै पाठ्यक्रम र शिक्षण विधिमा निरन्तर परिवर्तन भइरहेकाले शिक्षक र अभिभावक दुवै समयानुकूल परिष्कृत हुनुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा सहभागी अधिकांश अभिभावकले विद्यालयले सञ्चालन गर्दै आएका व्यावहारिक तथा सीपमूलक शिक्षाका कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले विद्यार्थीको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पारिरहेको धारणा राखेको विद्यालयले जनाएको छ ।

    images
    images

    अन्तरक्रियामा कक्षा ७ का कक्षा शिक्षक आरती राना, अनुपम पौडेल र मिना कुँवरले विद्यार्थीको शैक्षिक प्रगति, अनुशासन, सिकाइ अवस्था तथा समग्र गतिविधिबारे प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा कक्षा ७ का ६० जना अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका सह–प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा सम्पन्न  भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।