Logo

२०८३, आश्विन ११गते


images
images

बालेन र हर्क लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र फक्रिएका फूल हुन् : प्रचण्ड

बालेन र हर्क लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र फक्रिएका फूल हुन् : प्रचण्ड

images
  • बालेन र हर्क लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र फक्रिएका फूल हुन् : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका मेयर अलिक विशिष्ट ढंगले आएको बताएका छन्।

    images
    images
    images

    सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै प्रचण्डले अन्य महानगर र उपमहानगरभन्दा काठमाडौं महानगर र धरान उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार अलिक विशिष्ट ढंगले आएको बताएका हुन्।

    images
    images
    images

    प्रचण्डले भने, ‘काठमाडौंको मेयर र धरानका मेयर अलिक विशिष्ट ढंगले आउनुभयो। बालेन र हर्क स्वतन्त्र रुपमा आउनुभयो। स्थानीय तहको निर्वाचनमा धरान र काठमाडौंमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो। यसलाई विशिष्ट मान्नुपर्छ। काठमाडौं र धरानमा संविधानभित्रै रहेर आउनुभएको हो। दुवै मेयरलाई धन्यवाद पनि दिन चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरुप दलहरुसँग समदुरी जुटाउन सक्नुस्।’

    images
    images
    images

    काठमाडौं र धरानबाहेक अन्यत्रका स्वन्त्र भनिए पनि पार्टीकै नेता कार्यकर्ता भएको बताए। जनकपुर र धनगढीका स्वतन्त्र भनिएका उम्मेदवारको पछाडि दलकै कार्यकर्ता रहेको भन्दै उनीहरु स्वतन्त्र नभएको प्रचण्डको भनाइ थियो।  

    बालेन र हर्कहरुको सफलतालाई राजनीतिक दललाई झापड, थप्पड र चुनौती भनेर आइराखेकोमा पनि उनले असहमति जनाए। आफूले चाहि विशिष्ट मान्ने उनले बताए। ‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ दुईटा फूलहरु फक्रिएको जस्तो लाग्छ। फुलबारी गणतन्त्र र संविधानकै हो,’ उनले भने।

    दाहालले दलहरुले नीति सुधार्नुपर्ने, आत्मसमीक्षामा ध्यान दिनुपर्ने र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने देखाएको बताए। प्रचण्डले भने, ‘तर दललाई चुनौती भनेर बुझ्नु हुँदैन। सावधानी बनाउने कुरा हो। राजनीतिक दलहरु एक्लै छौं भन्ने सोंचलाई परीवर्तन गराएको छ। हाम्रा कमजोरी सच्याउने अवसर हो।’  

    उनले घेराबन्दी चिरेर सफल हुन शुभकामना दिए। ‘इतिहासको कालखण्डमा यस्ता पात्र जन्मिन्छ। तर असफल पार्न घेराबन्दी हुन्छ। यसखालको घेराबन्दीबाट मुक्त राख्दै साच्चिकै सेवामा लाग्ने वातावरण बनोस्,’ उनले भने।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # बालेन र हर्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।