Logo

२०८३, कार्तिक २८गते


images
images

शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

images
  • शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
    images

    काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । विहिबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, साझा हित र आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो ।

    images
    images
    images

    भेटमा शिक्षा क्षेत्रमा दुई देशबीच गर्न सकिने सम्भावित सहकार्यका विषयमा पनि विचार–विमर्श भएको थियो । मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै चुनौती स्वीकार गरेर नै सुधारको प्रक्रिया सुरु हुने बताए ।

    images
    images
    images

    मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको परिणाम आउन समय लाग्ने भए पनि सुधारको काम तत्काल सुरु गर्नुपर्ने धारणा राखे । विद्यालयको भौतिक अवस्था मूल्याङ्कन गरी आवश्यकताका आधारमा बजेट व्यवस्थापन गर्ने काम अघि बढाइएको जानकारी दिँदै उहाँले सुरक्षित विद्यालय पूर्वाधार, प्रविधिमैत्री सिकाइ, शिक्षकको क्षमता विकास, स्वास्थ्य तथा पोषणका क्षेत्रमा जापानसँग सहकार्य गर्न सकिने बताए ।

    images
    images

    जापानी राजदूत तोरुले नेपाल सरकारले सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि थालेका प्रयासको प्रशंसा गर्दै जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, सुशासन र दीर्घकालीन नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा जापानले सहयोग गर्न तयार रहेको बताए ।

    राजदूत तोरुले शिक्षा सुधारको परिणाम देखिन समय लाग्ने भएकाले धैर्य र निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले नेपाल–जापानबीच सूचना प्रविधि, डिजिटल पूर्वाधार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।