Logo

२०८३, श्रावण २७गते


images
images

हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ

हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ

images
  • हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ
    images
    images

    काठमाडौँ । देशभर असार ३२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६१.६२  प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

    images
    images
    images

    गत वर्ष सोही अवधिमा भने ७२.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ ।

    images
    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको छ ।

    images
    images
    images

    प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२  प्रतिशत क्षेत्रमा, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१  प्रतिशत र कोशी प्रदेशमा ५४.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

    गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत, कर्णालीमा ८७.९३  प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत, लुम्बिनीमा ८७.९३ प्रतिशत, गण्डकीमा ७९.२८  प्रतिशत, कोशीमा ५१.७९ प्रतिशत र मधेशमा ४६.८३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।

    मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।