काठमाडौं । नेपालले जारी एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल सुपर ओभरमा युएईसँग पराजित भएको हो ।
युएईले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा १०० रन बनाएर अलआउट भएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । सुपर ओभरमा नेपालले केवल ६ रन मात्र बनाए पछि युएईले ३ बलमै सो लक्ष्य पुरा गरेको थियो ।
योसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ । तर नेपाल महिला यू-१९ एशिया कपमा भने छनौट भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology