Logo

२०८३, कार्तिक २८गते


images
images

उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै

उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै

images
  • उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै
    images

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताएको छ । 

    images
    images
    images

    तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उपत्यकामा बढी उत्पादन भएको गोलभेँडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढाएको बताइएको हो । 

    images
    images
    images

    कालीमाटी अन्र्तगत ११ वटा संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलभेँडा निकासी सुरु गरिनुका साथै,  कालीमाटी बजार र उपत्यकाका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलभेँडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढाइएको छ । 

    images
    images

    प्राप्त विवरणअनुसार २०८३ असार ३१ गते कालीमाटी बजारबाट करिब २१.५५ टन र उपत्यकाका अन्य कृषि फर्मबाट करिब १५.१० टन गरी जम्मा ३६.६५ टन सानो गोलभेँडा उपत्यका बाहिर पठाइएको छ । त्यसैगरी २०८३ असार ३२ गते कालीमाटी बजार तथा अन्य कृषि फर्मबाट थप १४ टन सानो (टनेल) गोलभेँडा उपत्यका बाहिरका बजारमा निकासी भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।