Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकपमा तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्ड भिड्दै

विश्वकपमा तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्ड भिड्दै

images
  • विश्वकपमा तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्ड भिड्दै
    images
    images

    काठमाडौँ । फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि हुने खेलमा फ्रान्स र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन् । विश्वकप जित्ने लक्ष्यका साथ प्रतियोगितामा उत्रिएका दुवै टोली फाइनल पुग्न नसकेपछि अब सान्त्वना स्वरूप तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न बाध्य भएका हुन् ।

    images
    images
    images

    मियामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले आफ्ना खेलाडी तथा फ्रान्सका खेलाडी दुवैले यो खेल खेल्न चाहेका नभएको स्वीकार गरेका छन् । उनका अनुसार सबैको लक्ष्य विश्वकपको फाइनल खेल्नु थियो, तर परिस्थितिले उनीहरूलाई तेस्रो स्थानको खेल खेल्न बाध्य बनाएको हो ।

    images
    images
    images

    यता फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले भने निराशा भए पनि तेस्रो स्थान जित्न सक्दो प्रयास गर्ने बताएका छन् । फ्रान्सको जिम्मेवारीबाट बिदा हुन लागेका उनले टोली अपेक्षित स्थानमा पुग्न नसकेको स्वीकार गर्दै अब उपलब्ध अवसरको सम्मान गर्नुपर्ने बताएका छन् ।

    फ्रान्स सेमिफाइनलसम्म सहज रूपमा पुगेको थियो । तर स्पेनविरुद्ध विश्वस्तरीय मध्यपङ्क्ति र बलियो रक्षापङ्क्तिको सामना गर्दा फ्रान्सको आक्रमण प्रभावहीन बन्यो। स्पेनसँग पराजित भएपछि फ्रान्सको उपाधि यात्रा समाप्त भएको थियो ।

    इङ्ग्ल्यान्ड भने अर्जेन्टिनासँगको सेमिफाइनलमा फाइनल नजिक पुगेको थियो । एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि त्यसपछि टोली अत्यधिक रक्षात्मक बनेको आलोचना भएको छ । त्यसको फाइदा उठाउँदै अर्जेन्टिनाले खेलमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

    विश्वकपमा फ्रान्स र इङ्ग्ल्यान्डबीच यसअघि तीन पटक भेट भएको छ । पहिलो दुई भेटमा इङ्ग्ल्यान्ड विजयी भएको थियो। सन् १९६६ मा २–० र सन् १९८२ मा ३–१ को जित निकालेको इङ्ग्ल्यान्डलाई फ्रान्सले सन् २०२२ को क्वार्टरफाइनलमा २–१ ले पराजित गरेको थियो ।

    समग्रमा पछिल्ला नौ भेटमध्ये इङ्ग्ल्यान्डले फ्रान्सविरुद्ध केवल एक खेल मात्र जितेको छ। प्रतिस्पर्धात्मक खेलमा भने इङ्ग्ल्यान्ड सन् १९८२ यता फ्रान्सविरुद्ध जितविहीन रहेको छ।

    यस खेलमा दुवै टोलीले केही प्रमुख खेलाडीलाई विश्राम दिन सक्ने अनुमान गरिएको छ । यद्यपि व्यक्तिगत कीर्तिमान बनाउने अवसर भने अझै बाँकी छ।

    इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा हालसम्म १४ गोल गरेका छन् । उनी विश्वकप इतिहासका संयुक्त पाँचौं सर्वाधिक गोलकर्ता हुन् । यदि उनले गोल गरे ब्राजिलका रोनाल्डो नाजारियोको १५ गोलको कीर्तिमान बराबरी गर्नेछन् ।

    यता फ्रान्सका किलियन एम्बाप्पेले विश्वकपमा २० गोल गरिसकेका छन् । उनी प्रतियोगिताका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । शीर्ष स्थानमा अर्जेन्टिनाका लियोनेल मेसी २१ गोलसहित रहेका छन् ।

    डेसचाम्पका लागि पनि यो खेल विशेष हुनेछ । उनले सन् १९९८ मा खेलाडी र सन् २०१८ मा प्रशिक्षकका रूपमा फ्रान्सलाई विश्वकप जिताएका थिए । त्यसैले फ्रान्सेली फुटबलका सफल व्यक्तित्वमध्ये एक मानिने उनी आफ्नो अन्तिम खेल जितसहित टुङ्ग्याउने लक्ष्यमा हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।