Logo

२०८३, कार्तिक २८गते


images
images

रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नलिने, बोर्डले पार्यो स्पष्ट

रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नलिने, बोर्डले पार्यो स्पष्ट

images
  • रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नलिने, बोर्डले पार्यो स्पष्ट
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने चर्चा अस्वीकार गरेको छ । बोर्डका सचिव देवजीत सैकियाले इङ्ग्ल्यान्डविरुद्ध लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल नहुने स्पष्ट पारेका छन् ।

    images
    images
    images

    उनले रोहितको भविष्यबारे सञ्चारमाध्यममा विभिन्न अड्कलबाजी भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताएका छन् । सैकियाका अनुसार रोहितले भारतका लागि अझै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जारी राख्नेछन् ।

    images
    images
    images

    यसअघि भारतीय सञ्चारमाध्यमले लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्ने दाबी गरेका थिए । उक्त समाचारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले सन् २०२७ को एकदिवसीय विश्वकपको योजनामा रोहित नपर्ने जानकारी दिइसकेको उल्लेख गरिएको थियो ।

    images
    images

    समाचारमा छनोटकर्ताहरूले रोहितको स्थानमा यशस्वी जायसवालजस्ता युवा खेलाडीलाई अवसर दिने तयारी गरेको दाबी पनि गरिएको थियो । साथै, संन्यास लिने वा छनोटका लागि उपलब्ध रहने भन्ने निर्णय रोहितकै हातमा छोडिएको उल्लेख गरिएको थियो ।

    इङ्ग्ल्यान्ड भ्रमणका क्रममा रोहितको प्रदर्शनलाई पनि यस्तो चर्चाको कारण मानिएको थियो । पहिलो दुई एकदिवसीय खेलमा उनले क्रमशः ११ र २६ रन मात्र बनाउन सकेका थिए । फिटनेसमा मेहनत गरे पनि छनोटकर्ताको सोचप्रति रोहित पूर्ण रूपमा सन्तुष्ट नरहेको र उनले यस विषयमा बोर्डका केही पदाधिकारीसँग छलफल गरेको दाबी पनि गरिएको थियो ।

    तर भारतीय क्रिकेट नियन्त्रण बोर्डले भने यी सबै अड्कलबाजीलाई अस्वीकार गर्दै रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिने स्पष्ट गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।