Logo

२०८३, कार्तिक २८गते


images
images

फिफा विश्वकप २०२६

तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको गोल वर्षा, फ्रान्स ६–४ ले पराजित

तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको गोल वर्षा, फ्रान्स ६–४ ले पराजित

ह्याट्रिकसहित शाकाको कमाल
images
  • तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको गोल वर्षा, फ्रान्स ६–४ ले पराजित
    images

    काठमाडौं । इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ ।

    images
    images
    images

    आइतबार बिहान मियामी स्टेडियममा भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक प्रदर्शन गर्दै प्रभावशाली जित दर्ता गरेको हो ।

    images
    images
    images

    इंग्ल्यान्डका लागि बुकायो शाकाले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई गोल गरेका थिए भने ८७औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

    images
    images

    खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि १८औं मिनेटमा एजरि कोन्शाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल थपेपछि इंग्ल्यान्डले पहिलो हाफ ४–० को सहज अग्रतासहित समाप्त गरेको थियो ।

    दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले पहिलो गोल फर्काए । त्यसपछि ब्राडली बारकोलाले ५४औं मिनेटमा तथा एमबाप्पेले ६६औं मिनेटमा अर्को गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए ।

    तर ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको अवसर पायो, जसलाई शाकाले सदुपयोग गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ५–३ को अग्रता दिलाए । इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको केहीबेरपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे ।

    सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डका लागि यो त्यसयताकै उत्कृष्ट नतिजामध्ये एक हो । यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।