Logo

२०८३, आश्विन ९गते


images
images

भारतले अमरनाथ यात्रामा किन लगायो रोक ?

भारतले अमरनाथ यात्रामा किन लगायो रोक ?

images
  • भारतले अमरनाथ यात्रामा किन लगायो रोक ?
    images
    images

    काठमाडौँ । भारतको मौसम विभागले खराब मौसमको चेतावनी जारी गरेपछि अमरनाथ यात्रा आइतबारदेखि अस्थायी रूपमा स्थगित गरिएको छ ।

    images
    images
    images

    जम्मु–कश्मीरको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो। विभागका अनुसार यो निर्णय पहलगाम र बालटाल दुवै मार्गमा लागू हुनेछ ।

    images
    images
    images

    खराब मौसमको चेतावनीलाई मध्यनजर गर्दै साउन ३ गते (जुलाई १९, २०२६) जम्मुबाट कश्मीरतर्फ कुनै पनि नयाँ तीर्थयात्रीको समूहलाई प्रस्थान गर्न अनुमति नदिइने बताइएको छ ।

    images
    images
    images

    तीर्थयात्रीहरूलाई जम्मु, उधमपुर र रामबनमा तोकिएका विश्रामस्थलमै बस्न तथा प्रशासनको अर्को सूचना नआएसम्म प्रतीक्षा गर्न आग्रह गरिएको छ ।

    सूचना तथा जनसम्पर्क विभागका अनुसार हालसम्म अमरनाथ यात्राका क्रममा तीन लाख ७० हजारभन्दा बढी तीर्थयात्रीले पवित्र गुफामा पुगेर दर्शन गरिसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।