Logo

२०८३, आश्विन ९गते


images
images

खेलकुद

पुरुष कबड्डी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने

पुरुष कबड्डी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने

images
  • पुरुष कबड्डी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
    images
    images

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि भारतको हरियाणा जान लागेको नेपाली पुरुष कबड्डी टोलीलाई बुधबार बिदाइ गरेका छन् ।

    images
    images
    images

    बिदाइ कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई प्रशिक्षणको पूर्ण सदुपयोग गर्दै उत्कृष्ट तयारी गर्न आग्रह गरे। उनले एसियाली खेलकुदमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन शुभकामना पनि व्यक्त गरेका थिए ।

    images
    images
    images

    हरियाणा जाने टोलीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् ।

    images
    images
    images

    टोलीका मुख्य प्रशिक्षक विष्णु दत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल तथा व्यवस्थापक पर्शुराम ओली रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खेलकुद
  • # कबड्डी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।