काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ ।
बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् ।
बैठकमा टास्क फोर्सले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेश गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो ।
मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय, कानुनी सुधार तथा प्रभावकारी कार्यान्वयनमार्फत मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्रालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology