Logo

२०८३, आश्विन ९गते


images
images

अपराध

घरायसी विवादमा चक्कु प्रहार : छोराको मृत्यु, बाबु पक्राउ

घरायसी विवादमा चक्कु प्रहार : छोराको मृत्यु, बाबु पक्राउ

images
  • घरायसी विवादमा चक्कु प्रहार : छोराको मृत्यु, बाबु पक्राउ
    images
    images

    बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका-१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय सरोज चौधरीलाई क्रिमसन अस्पतालमा सामान्य उपचात पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारकै क्रममा साँझ मृत्यु भएको हो ।

    images
    images
    images

    बिहिबार विहान सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पताल, मणिग्रामबाट प्राप्त भएको थियो ।

    images
    images
    images

    सोही सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भने घरायसी विवाद हुँदा सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको हो ।

    चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्कु प्रहार
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।