Logo

२०८३, आश्विन ९गते


images
images

ककरोच आन्दोलन

भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन

भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन

images
  • भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
    images
    images

    काठमाडौँ । ककरोच जनता पार्टी (सिजेपी) ले सरकारसँग भएको वार्तामा तीन बुँदे माग अघि सारेको जनाएको छ । पार्टीका राष्ट्रिय प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारसँग करिब १० मिनेट वार्ता भएको थियो र त्यस क्रममा मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    रांकाले मृतक विद्यार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनकारीविरुद्ध दर्ता गरिएका पहिलो सूचना प्रतिवेदन तथा कानुनी कारबाही फिर्ता लिनुपर्ने र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग राखिएको बताए ।

    images
    images
    images

    उनका अनुसार सरकारसँग शिक्षा मन्त्रीको राजीनामाबारे कुनै सहमति भएको छैन । यस विषयमा सरकारसँग शुक्रबार पुनः वार्ता हुने तय भएको छ । सरकारले धर्मेन्द्र प्रधानको राजीनामासम्बन्धी मागमा निर्णय गर्न भोलि दिउँसोसम्मको समय मागेको र उनलाई पदबाट हटाइने अपेक्षा गरिएको रांकाले बताए ।

    images
    images
    images

    उनले आन्दोलनका क्रममा आत्महत्या गरेका चिकित्सा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने तथा आन्दोलनकारी विद्यार्थीमाथिका मुद्दा फिर्ता लिने विषयमा सरकारले सैद्धान्तिक सहमति जनाएको दाबी पनि गरे ।

    यसैबीच, सिजेपीका संस्थापक अध्यक्ष अभिजीत दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आन्दोलन नरोकिने स्पष्ट पारे । उनले यो आन्दोलन कुनै एक व्यक्ति वा संगठनको नभई देशभरका युवाको आवाज भएको उल्लेख गर्दै यसलाई विपक्षी दलको आन्दोलनका रूपमा नहेर्न आग्रह गरे ।

    दीपकेले सरकारले आन्दोलनको समाधान खोज्न चाहेको भए शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नै एकमात्र विकल्प रहेको बताए । उनले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई सरकारले नियन्त्रणमा राखेको आरोप पनि लगाए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।