Logo

२०८३, कार्तिक २८गते


images
images

गुल्मीमा ७.५ मेगावाटको तल्लो दरम खोला जलविद्युत आयोजना विकासका लागि सम्झौता

गुल्मीमा ७.५ मेगावाटको तल्लो दरम खोला जलविद्युत आयोजना विकासका लागि सम्झौता

images
  • गुल्मीमा ७.५ मेगावाटको तल्लो दरम खोला जलविद्युत आयोजना विकासका लागि सम्झौता
    images

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७, बसेरीस्थित परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित लघुजलविद्युत परियोजनालाई स्तरोन्नति गरी जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले ह्याप्पी पावर प्रालिसँग बिहिवार सम्झौता गरिएको छ ।

    images
    images
    images

    ह्याप्पी पावर प्रालि र परोपकार बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत सञ्चालित लघुजलविद्युत परियोजना, वामीटक्सारबीच तल्लो दरम खोला जलविद्युत आयोजना निर्माणका लागि सम्झौता भएको हो । प्रस्तावनासहित गरिएको सम्झौताअनुसार आयोजनाको प्रस्तावित क्षमता ७.५ मेगावाट वा विस्तृत अध्ययनबाट कायम हुने क्षमता रहने उल्लेख गरिएको छ ।

    images
    images
    images

    सम्झौतामा आयोजनाको अध्ययन, विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक पारस्परिक सहयोग, सहजीकरण तथा लाभ साझेदारी सम्बन्धी व्यवस्था गरिएको छ ।

    images
    images

    परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल सञ्चालनमा रहेको १३५ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनालाई स्तरोन्नति गर्ने उद्देश्यले ह्याप्पी पावर प्रालिसँग सम्झौता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि ह्याप्पी पावर प्रालिका अध्यक्ष इन्द्रबहादुर बिष्ट र परोपकार सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् ।

    लघुजलविद्युत परियोजनाका पूर्वअध्यक्ष गोपीकृष्ण खरेलले परियोजनाबाट उत्पादित विद्युत नेपाल सरकारसँग खरिद–बिक्री प्रक्रिया अघिल्ला वर्षमै सम्पन्न भइसकेको र पब्लिक हेन कन्स्ट्रक्सनले रु. ८६ लाखमा ठेक्का लिएको जानकारी दिए ।

    खरेलका अनुसार हाल १३५ किलोवाट उत्पादन गरिरहेको परियोजना जलविद्युत आयोजनामा रूपान्तरण भएपछि करिब ७.५ मेगावाट विद्युत उत्पादन हुनेछ । यसबाट स्थानीय प्रभावित क्षेत्रले रोयल्टीलगायतका सुविधा प्राप्त गर्ने, स्थानीयले आफ्नो सीप र दक्षताअनुसार रोजगारी पाउने तथा शेयरधनीहरूको लगानी थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

    परोपकार सहकारीमा करिब एक हजार नौ सयभन्दा बढी सदस्य रहेका छन् । सदस्यहरूले प्रतिव्यक्ति रु. ५ हजार १ सयदेखि रु. १ लाखसम्म शेयर लगानी गरेका छन् ।

    ह्याप्पी पावर प्रालिका बोर्ड सदस्य इन्द्रबहादुर थापाले प्राविधिकहरूको प्रारम्भिक आकलनअनुसार आयोजना निर्माण सम्पन्न भएपछि विद्युत उत्पादन क्षमता करिब ८ देखि १० मेगावाटसम्म पुग्न सक्ने सम्भावना रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।