देवदह । देवदह मदन आश्रित स्मृति प्रतिष्ठानले पुष्पलाल श्रेष्ठ तथा बीपी कोइरालाको स्मृति दिवसको अवसरमा वृक्षरोपण गरेको छ ।
देवदह-७ स्थित मदन आश्रित पार्कमा पाम, धुपी, व्यागनवेली, रवरप्लान्ट, कपुर लगायतका १०० भन्दा बढी बिरुवा रोपिएको प्रतिष्ठानले जनाएको छ ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाले अघि सारेका सामाजिक चेतना र विकासका आदर्शलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष धुर्वराज न्यौपानेले बताए ।
कार्यक्रममा देवदह-९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गौतमी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव राजन अधिकारीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology