Logo

२०८३, कार्तिक २८गते


images
images

जेनेजी आन्दोलनमा फरार कैदी लागूऔषधसहित पक्राउ

जेनेजी आन्दोलनमा फरार कैदी लागूऔषधसहित पक्राउ

images
  • जेनेजी आन्दोलनमा फरार कैदी लागूऔषधसहित पक्राउ
    images

    परासी । जेनेजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार साउन ७ गते दिउँसो करिब १ः३० बजे इलाका प्रहरी कार्यालय, बर्दघाटबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा खटिएको टोलीले लागूऔषध सम्बन्धी सूचनाका आधारमा खोजतलास गर्ने क्रममा फरार कैदीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४ निवासी ४५ वर्षीय टोपबहादुर परियार रहेका छन् । उनी २०८२ भदौ २३ र २४ गते भएको जेनेजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

    images
    images

    प्रहरीले खोजतलासका क्रममा टोपबहादुर परियार र देवचुली नगरपालिका–४ निवासी ३० वर्षीय सञ्जय दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा घरकोठा खानतलासी गरेको थियो ।

    खानतलासीका क्रममा टोपबहादुर परियारको साथ तथा घरबाट Spas Proxymec नामका ७७ क्याप्सुल, Nitzascen-16 का १६ ट्याब्लेट र ८०५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, सञ्जय दर्जीको साथबाट Spas Proxymec का ४ क्याप्सुल पनि बरामद गरिएको छ ।

    दुवै जनालाई नियन्त्रणमा लिई सम्मानित अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।