Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

हलिवुडको सुपरहिरो फिल्म 'ब्ल्याक प्यान्थर ३' को घोषणा, डेभिड जोनसन मुख्य भूमिकामा

हलिवुडको सुपरहिरो फिल्म 'ब्ल्याक प्यान्थर ३' को घोषणा, डेभिड जोनसन मुख्य भूमिकामा

images
  • हलिवुडको सुपरहिरो फिल्म 'ब्ल्याक प्यान्थर ३' को घोषणा, डेभिड जोनसन मुख्य भूमिकामा
    images
    images

    काठमाडौँ । हलिउडको चर्चित सुपरहिरो चलचित्र सिरिज 'ब्ल्याक प्यान्थर' को तेस्रो भाग निर्माणको तयारी सुरु भएको छ । निर्माण पक्षले आगामी चलचित्र 'ब्ल्याक प्यान्थर ३' मा अभिनेता डेभिड जोनसन मुख्य भूमिकामा देखिने घोषणा गरेको छ ।

    images
    images
    images

    मार्भलले एक कार्यक्रममा फिल्मको घोषणा गर्दै सन् २०२८ डिसेम्बर १५ मा प्रदर्शन हुने चलचित्रमा डेभिड जोनसनले टी'चालाका छोरा प्रिन्स टी' चाला द्वितीय को भूमिका निर्वाह गर्नेछन् । चलचित्रको कथा यही पात्रको वरिपरि केन्द्रित रहने जनाइएको छ ।

    images
    images
    images

    डेभिड जोनसन यसअघि सन् २०२२ मा प्रदर्शन भएको 'ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर' मा टी'चालाका छोराको बाल पात्रका रूपमा देखिएका थिए ।

    images
    images
    images

    तेस्रो भागमा निर्देशक रायन कुगलर पुनः निर्देशनमा फर्किनेछन् । त्यस्तै अभिनेत्री लेटिसिया राइट ले शुरी र अभिनेता विन्स्टन ड्युक ले एम'बाकुको भूमिकालाई निरन्तरता दिनेछन् ।

    सन् २०१८ मा प्रदर्शन भएको पहिलो 'ब्ल्याक प्यान्थर' चलचित्रमा अभिनेता चाडविक बोसम्यान ले टी'चाला अर्थात् ब्ल्याक प्यान्थरको अविस्मरणीय भूमिका निर्वाह गरेका थिए । तर सन् २०२० मा ४३ वर्षको उमेरमा आन्द्राको क्यान्सरका कारण उनको निधन भएको थियो ।

    त्यसपछि सन् २०२२ मा प्रदर्शन भएको 'ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर' मा लेटिसिया राइटले शुरीको भूमिकामार्फत ब्ल्याक प्यान्थरको जिम्मेवारी सम्हालेकी थिइन् ।

    अब भने सिरिजको तेस्रो चलचित्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै डेभिड जोनसनले ब्ल्याक प्यान्थरको भूमिका निभाउनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।