Logo

२०८३, आश्विन ९गते


images
images

जर्मनीको बर्लिनमा भीडमाथि सवारीसाधन चलाइयो: एक जनाको मृत्यु, १७ जना घाइते

जर्मनीको बर्लिनमा भीडमाथि सवारीसाधन चलाइयो: एक जनाको मृत्यु, १७ जना घाइते

images
  • जर्मनीको बर्लिनमा भीडमाथि सवारीसाधन चलाइयो: एक जनाको मृत्यु, १७ जना घाइते
    images
    images

    काठमाडौँ । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे प्राइड कार्यक्रममा भीडमाथि सवारीसाधन चलाइँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

    images
    images
    images

    स्थानीय समयअनुसार शनिबार राति टियरगार्टेन पार्कमा कार्यक्रम भइरहेका बेला एक चालकले अचानक भीडमा गाडी हाँकेको प्रहरीले जनाएको छ। घटनास्थलमै एक जनाको मृत्यु भएको थियो भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

    images
    images
    images

    डोयचे वेलेका अनुसार घटनास्थलबाट क्षतिग्रस्त सेतो गाडी फेला परेको छ। प्रहरीले जर्मनीको राजधानी बर्लिनमा भीडमाथि सवारीसाधन चलाएर अनेकौँ व्यक्तिलाई घाइते बनाएको घटनामा प्रहरीले मुख्य संदिग्धको पहिचान सार्वजनिक गरेको छ।

    images
    images
    images

    बर्लिन प्रहरीले संदिग्धको नाम अब्दुल बी. रहेको जनाएको छ । २१ वर्षीय उनी दुब्लो शरीर भएका, कालो कपाल भएका व्यक्ति रहेको र घटनाका बेला कालो हुडी र सेतो पाइन्ट लगाएको विवरण सार्वजनिक गरिएको छ ।

    बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथले चालकले जानाजानी भीडमा गाडी चलाएको हुन सक्ने आशंकाका आधारमा अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार जर्मनीका आपत्कालीन उद्धार टोली र सुरक्षाकर्मीलाई घटनास्थल तथा आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।

    घटनापछि बर्लिनका प्रमुख काई वेग्नर घटनास्थल पुगेका थिए। उनले घटनालाई स्वतन्त्र र खुला समाजमाथिको आक्रमणको संज्ञा दिँदै कडा निन्दा गरेका छन् ।

    उनले शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको कार्यक्रममा सहभागी नागरिकमाथि भएको आक्रमण अत्यन्त क्रूर भएको उल्लेख गर्दै पीडित, उनीहरूका परिवार र आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सहिष्णुता र विविधताको समर्थनमा आयोजित कार्यक्रममा लाखौँ मानिस सहभागी भएका थिए। कार्यक्रमको समापन ब्रान्डेनबर्ग गेट नजिक सांगीतिक प्रस्तुतिसहित हुने तय भएको थियो।

    तर घटनापछि कार्यक्रम तत्काल स्थगित गरिएको थियो। आयोजक र प्रहरीले सहभागीहरूलाई क्षेत्र खाली गर्न तथा सुरक्षित रूपमा घर फर्किन आग्रह गरेका थिए ।

    प्रहरीले टियरगार्टेन पार्क आसपासका सडकमा आपत्कालीन सुरक्षा अभियान जारी रहेकाले त्यस क्षेत्रमा नजान पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।