Logo

२०८३, कार्तिक २५गते


images
images

प्याब्सन देवदहद्वारा २५० जना शिक्षकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम

प्याब्सन देवदहद्वारा २५० जना शिक्षकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम

images
  • प्याब्सन देवदहद्वारा २५० जना शिक्षकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम
    images

    देवदह । कक्षा ५ सम्म अध्यापन गर्ने शिक्षकहरूका लागि देवदहमा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी एकदिने तालिम दिइएको छ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहले संस्था अन्तरगतका विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई शनिवार तालिम दिएको हो । 

    images
    images
    images

    तालिममा प्याब्सन देवदहमा आबद्ध विद्यालयका २ सय ५० जना शिक्षक सहभागी भएको अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्याब्सन रुपन्देहीका सचिव बोधराज गौडेलले परम्परागत परीक्षा प्रणालीभन्दा माथि उठेर विद्यार्थीको दैनिक सिकाइ, क्षमता र व्यवहारलाई प्रभावकारी रूपमा मूल्याङ्कन गर्न शिक्षकलाई सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

    images
    images

    त्यस्तै संस्थाका पूर्व सल्लाहकार महेश पराजुलीले विद्यार्थीले दैनिक रूपमा के सिकिरहेका छन् र उनीहरूलाई कहाँ समस्या भइरहेको छ भन्ने पहिचान गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन विधि प्रभावकारी हुने बताए ।

    तालिमका सहजकर्ता दीपक गौतम र विष्णु ढकालले दैनिक अवलोकन विधि, कक्षाकार्य तथा गृहकार्यको मूल्याङ्कन, पोर्टफोलियो तथा विद्यार्थी फाइल व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए । उनीहरूले परियोजना कार्य, प्रयोगात्मक कार्य तथा एकाइ र आवधिक परीक्षालाई समेटेर गरिने मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

    सहभागीका तर्फबाट आकृति गुरुङ र अभिनाश थापाले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने र बदलिँदो शैक्षिक परिवेशअनुसार प्रविधिमैत्री तालिमको आवश्यकता रहेको धारणा राखे ।

    प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष टिकाराम चापागाईंले गरेका थिए भने सञ्चालन सचिव कृष्णप्रसाद गैरेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्याब्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।