लुम्बिनी । रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ । ८० वर्षीय ज्ञवालीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । तिलोत्तमा नगरपालिका २ शंकरनगरका स्थायी बासिन्दा ज्ञवाली केही समयदेखि मुटु र फोक्सोको रोगले बीरामी भएर उपचाररत थिए ।
२०२४ सालदेखि पत्रकारिता सक्रिय ज्ञवाली राष्ट्रिय समाचार समितिमा पनि लामो समय काम गरेका थिए भने लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र बुटवलबाट प्रकाशन हुने दैनिक पत्रिकामा नियमित लेख रचनाहरु प्रकाशन गर्दै आएका थिए ।
स्वर्गीय ज्ञवालीका एक श्रीमती,एक छोरी र दुई छोरा छन् । स्वर्गीय ज्ञवालीको आज सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology