Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै

विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै

images
  • विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नेपालले आज नामिबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    यस सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको थियो ।

    images
    images
    images

    त्यस्तै नेपालसँगको खेल जितेको नामिबियाले भने नेदरल्याण्डससँगको खेल भने हारेको थियो ।       

    images
    images
    images

    नेपाल र नामिबियाबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ६ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ ।

    यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

    लिग-२ यो सिरिज आजदेखि ३१ जुलाईसम्म हुने छ । यस सिरिज अन्तर्गत अर्को खेल जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

    लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल ३० खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया ३० खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।