Logo

२०८३, श्रावण ३०गते


images
images

इतिहासमै रहस्यमय घटना, दरबार हत्याकाण्ड : राजा विरेन्द्रको वंशनासकाे २१ वर्ष पूरा

इतिहासमै रहस्यमय घटना, दरबार हत्याकाण्ड : राजा विरेन्द्रको वंशनासकाे २१ वर्ष पूरा

images
  • इतिहासमै रहस्यमय घटना, दरबार हत्याकाण्ड : राजा विरेन्द्रको वंशनासकाे २१ वर्ष पूरा
    images
    images

     काठमाडौं । दरबार हत्याकाण्ड नेपालको नेपालीको इतिहासमै एउटा रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २१ वर्ष पूरा भएकाे छ ।   रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि रहस्य गर्भमै रहेको छ ।

    images
    images
    images

    २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

    images
    images
    images

    यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।

    images
    images
    images

    उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायकाको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

    प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।

    उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश लगायत सम्मिलित छानबिन टोलीले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठहर्याउनु गलत थियो भन्ने कुरा युवराज दीपेन्द्रको मृत्युले समेत प्रष्ट पारेको देखिन्छ । गिरिजाप्रसाद कोइरालाले समेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिनुभएको थियो । तर डिजाइनर को हुन् ? भन्ने कुरा रहस्यमै सीमित भएको छ ।  

    यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।