देवदह । रुपन्देहीको देवदहमा भएको वृहत् रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको छ । देवदह व्यापार संघको १३औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको हो ।
विगतमा समेत स्थापना दिवसको अवसरमा रक्तदान गर्ने गरेको संघले यो पटक पनि कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष माधव ढकालले जानकारी दिए । ‘बुटवल लगाएत आसपासका क्षेत्रका अस्पतालमा रहेका विरामीहरुलाई रगतको अभाव खड्कीएको हामीले थाह पायौं ।’ उनले भने, ‘हरेक वर्ष गरिने कार्यक्रम यो वर्ष पनि उत्साहजनक रुपमा सफल भएको छ ।, हामीले सम्पूर्ण रत्तदाताहरुलाई धन्यवाद व्यक्त गर्दछौं ।’
साउनको सोमबार अधिकांशले उपवास बस्ने भएता पनि संख्यात्मक हिसावले रक्तदान कार्यक्रम अत्यन्त उत्कृष्ट भएको संस्थाका लेखा समिति सदस्य एवम् रक्तदान कार्यक्रमका संयोजक पवन पौडेलले बताए । पौडेलका अनुसार सोमबारको कार्यक्रममा २६ जना नयाँ रक्तदाताले रक्तदान गरेका छन् । त्यसमा पनि महिला रक्तदाता बढि रहेका छन् ।
देवदहका अग्रणी शैक्षिक संस्थाहरु स्वर्णीम सगरमाथा कलेज, ग्रिनप्लान्ट आवासीय मावि, देवदह वुद्धपब्लिक बौर्डिङ हाइस्कुल, सेभेन स्टार ईङगलिस बोर्डिङ स्कुलबाट उल्लेख्य रक्तदाता सहभागि भएकाले पनि नयाँ रक्तदाताहरुको संख्या धेरै भएको संयोजक पौडेलले बताए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहले सहयोगी संस्थाको रुपमा भुमिका निर्वाह गरेको थियो । कार्यक्रमको अवसरमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन भएको संस्थाका निवर्तमान अध्यक्ष कोषबहादुर गुरुङ्गले जानकारी दिए । ‘नेप स्पेक्स’ आँखा उपचार केन्द्र देवदह खैरेनीको प्राविधिक सहयोगमा भएको निशुल्क आँखा शिविरमा ५५ जनाले आँखा परिक्षण गराएको गुरुङ्गले बताए ।

यसैविच संघले १३औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्यो । अध्यक्ष माधव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालक्ष्मी गुरुङ्ग, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, देवदह नगरपालिका वडा नं २ का अध्यक्ष दलवहादुर राकस्कोटी, नेकपा नेता मोतीलाल ढकाल कृष्ण, स्वर्णीम सगरमाथा कलेजका प्राचार्य कृष्णप्रसाद पौडेल, संस्थाका सल्लाहकार विष्णु पौडेल लगाएतले संस्थालाई शुभकामना दिएका थिए ।

उपाध्यक्ष हरिलाल भण्डारीको स्वागत, महासचिव विष्णुप्रसाद अर्यालको सञ्चालन र रक्तदान कार्यक्रमका संयोजक पवन पौडेलको धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology