Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

स्वास्थ्यकर्मीमाथिको आक्रमण अस्वीकार्य- स्वास्थ्य मन्त्रालय

स्वास्थ्यकर्मीमाथिको आक्रमण अस्वीकार्य- स्वास्थ्य मन्त्रालय

images
  • स्वास्थ्यकर्मीमाथिको आक्रमण अस्वीकार्य- स्वास्थ्य मन्त्रालय
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनअनुसार व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस्ता हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति दोहोर्‍याएको छ ।

    images
    images
    images

    मन्त्रालयले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलता बुझ्नुपर्ने जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

    images
    images
    images

    मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा नियमित रूपमा सञ्चालन गर्न, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझेर उपचार सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको छ । साथै सबै पक्षलाई संयमित भई स्वास्थ्य सेवा सुचारु राख्न सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्यकर्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।