Logo

२०८३, श्रावण २७गते


images
images

नेकपा एमाले विवाद

ओलीद्वारा बौद्धिक नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन

ओलीद्वारा बौद्धिक नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन

images
  • सेतोमसी सहकर्मी
  • ओलीद्वारा बौद्धिक नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन
    images
    images

    काठमाडौँ  । नेकपा (एमाले) ओली समूहद्वारा एमाले भित्रका बौद्धिक नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

    images
    images
    images

    अध्यक्ष ओलीले भुसाल र पाण्डेको स्पष्टीकरणमा अहंकार देखिएको उल्लेख गरेका छन् । निलम्बन गरिएको पत्रमा भनिएको छ, 'तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।'

    images
    images
    images

    भुसाल र पाण्डेलाई सच्चिनका लागि अन्तिम मौका दिइएको ओलीले पत्रमा उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, 'तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिइन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।'

    images
    images
    images

    यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि सोही ब्यहोराको पत्र लेखेर पार्टी सदस्यबाट निलम्बन गरेको थियो । नेकपा अध्यक्ष केपी शर्मा ओलीले चैत ८ गते वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले उक्त स्पष्टीकरणको जवाफ चैत १२ गते नै दिएका थिए । तर उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले चैत १६ गते दुवैलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका थिए ।

    भुसाल र पाण्डेले भने चैत १७ गते जवाफ फर्काएका थिए । उपमहासचिव भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शत्रु देशको नागरिकलाई झैँ व्यवहार गरेको आरोप लगाएका थिए । त्यस्तै पाण्डेले ओलीले गुटको भेलालाई पार्टी केन्द्रीय कमिटीको बठैक भनेर दुष्प्रचार गरेको र पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।