Logo

२०८३, आश्विन ९गते


images
images

बालोन डी ओरको सबैभन्दा बलियो दाबेदार बने ह्यारी केन

बालोन डी ओरको सबैभन्दा बलियो दाबेदार बने ह्यारी केन

images
  • बालोन डी ओरको सबैभन्दा बलियो दाबेदार बने ह्यारी केन
    images
    images

    काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिखका इङलिश स्टार स्ट्राइकर ह्यारी केन सन् २०२६ को विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार 'बालोन डी ओर' का सबैभन्दा बलिया दाबेदारका रूपमा उभिएका छन् ।

    images
    images
    images

    स्पेनलाई विश्वकप उपाधि दिलाएका किशोर खेलाडी लामिन यमालले उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत प्रदर्शनका आधारमा केन नै अघि रहेको विश्लेषण गरिएको छ ।

    images
    images
    images

    सन् २०२५-२६ को सिजनमा केनले क्लब र राष्ट्रिय टोलीबाट गरी ७३ गोल गरेका छन् भने आठ गोलका अवसर सिर्जना गरेका छन् । उनले बायर्नलाई जर्मन बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपरकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै, इङ्ग्ल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले छ गोल गरेका थिए । साथै विश्वकपमा इङ्ग्ल्यान्ड तेस्रो भएको थियो ।  

    images
    images
    images

    लामो समयसम्म टोलीसँग कुनै ठूलो उपाधि जित्न नसकेको आलोचना खेप्दै आएका केनले यसपटक टोलीगत सफलतासँगै व्यक्तिगत रूपमा पनि असाधारण प्रदर्शन गरेपछि बालोन डी ओरका प्रमुख दाबेदार बनेका हुन् ।

    यस वर्षको बालोन डी ओर प्रतिस्पर्धा पछिल्ला दुई दशककै सबैभन्दा खुला मानिएको छ । लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चस्व अन्त्यतिर पुगेपछि विश्वका धेरै खेलाडीले यो प्रतिष्ठित पुरस्कार जित्ने सम्भावना देखिएको छ ।

    गत वर्ष पेरिस सेन्ट जर्मेनलाई पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन योगदान दिएका उस्मान डेम्बेलेले बालोन डी ओर जितेका थिए । यस वर्ष पनि उनी प्रतिस्पर्धामा रहे पनि ह्यारी केन, लामिन यमाल, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड, रोड्री र भिनिसियस जुनियरजस्ता खेलाडीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

    विश्वकप सम्पन्न भइसकेकाले अब सिजनभर क्लब र राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा विजेताको छनोट हुनेछ । अफ्रिका कप अफ नेसन्सको प्रदर्शनलाई समेत मूल्याङ्कनमा समावेश गरिने भएकाले अन्तिम नतिजामा त्यसको पनि प्रभाव पर्नेछ ।

    सन् २०२६ को बालोन डी ओर विजेताको घोषणा आगामी अक्टोबर २६ मा लन्डनमा आयोजना हुने विशेष समारोहमा गरिने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।