Logo

२०८३, कार्तिक २८गते


images
images

रुससँग व्यापार विस्तार र बन्द उद्योग सञ्चालनमा सहकार्यको प्रस्ताव

रुससँग व्यापार विस्तार र बन्द उद्योग सञ्चालनमा सहकार्यको प्रस्ताव

images
  • रुससँग व्यापार विस्तार र बन्द उद्योग सञ्चालनमा सहकार्यको प्रस्ताव
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ बीच मंगलबार भेटवार्ता भएको छ । भेटमा नेपाल–रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तार, व्यापार सहजीकरण तथा औद्योगिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउन वर्तमान सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य अझ मजबुत हुने अपेक्षा पनि व्यक्त गरे ।

    images
    images
    images

    भेटका अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट मन्त्री गौरिकुमारी यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरे । मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै उक्त भ्रमणले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

    images
    images

    मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोग अपेक्षित रहेको बताइन् । उनले विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राखिन् ।

    मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले अघि सारेका प्रस्तावहरूमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।