Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण सञ्चालन गर्ने

कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण सञ्चालन गर्ने

images
  • कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण सञ्चालन गर्ने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    प्रतिष्ठानको साउन १० र ११ गते बसेको छैटौँ बैठकले विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित साउन १५ देखि १७ गतेसम्म काठमाडौँमा विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रतिष्ठानका अनुसार पहिलो चरणमा इच्छुक आवेदकमध्ये छनोट गरिएका ४० जना युवाले प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणमा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै प्राविधिक सीप र व्यावहारिक अभ्याससमेत गराइनेछ।

    images
    images
    images

    कार्यक्रममा प्राकृतिक विपद्का क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषयविज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन् ।

    नेपाली कांग्रेसले उक्त प्रशिक्षणमार्फत विपद्पूर्व तयारी, सचेतना, उद्धार तथा प्रतिकार्यमा सक्रिय रूपमा परिचालन हुन सक्ने दक्ष युवा स्वयंसेवक तयार हुने विश्वास व्यक्त गरेको छ ।

    प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ भन्ने अवधारणाअनुसार देशभर स्वयंसेवक सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।