Logo

२०८३, कार्तिक २८गते


images
images

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि सुख्खा पहिरो, यातायात दुवैतर्फ अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि सुख्खा पहिरो, यातायात दुवैतर्फ अवरुद्ध

images
  • मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि सुख्खा पहिरो, यातायात दुवैतर्फ अवरुद्ध
    images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा फेरि सुख्खा पहिरो खस्दा सवारी आवागमन पुनः दुवैतर्फ अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालयका अनुसार थप पहिरो नखसेको अवस्थामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    यसअघि आज बिहान पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएपछि केही समयका लागि सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि फेरि पहिरो खसेपछि यातायात सेवा पुनः प्रभावित भएको हो ।

    images
    images

    सडक डिभिजनले पहिरो हटाउने कार्य जारी रहेको जनाएको छ । यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा बसेर धैर्य गर्न र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।