Logo

२०८३, कार्तिक २८गते


images
images

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

images
  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
    images

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएपछि पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

    images
    images
    images

    पार्टीका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८: ३० बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्नेछ ।

    images
    images
    images

    बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।

    images
    images

    यसैबीच, वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ ।

    श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।