Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

एम्बुलेन्सबाट १५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध मुद्दा

एम्बुलेन्सबाट १५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध मुद्दा

images
  • एम्बुलेन्सबाट १५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध मुद्दा
    images

    काठमाडौँ । धनुषाको विदेह नगरपालिका-५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सरकारी एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख ९ हजार २५० रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    अनुसन्धानका क्रममा भारत सरकारको सहयोगमा भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको खुलेको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार एम्बुलेन्सबाट कति सेवा निःशुल्क प्रदान गरियो, कति सेवाबापत शुल्क उठाइयो र सञ्चालनमा कति इन्धन खर्च भयो भन्ने कुनै अभिलेख, लगबुक वा प्रमाण नराखिएको पाइएको छ। साथै, सेवा सञ्चालनबाट प्राप्त आम्दानी तथा खर्चको हिसाबसमेत पालिकामा दाखिला नगरिएको अनुसन्धानबाट खुलेको छ ।

    images
    images

    आयोगले सरकारी सार्वजनिक सम्पत्ति भएको एम्बुलेन्सलाई निजी सवारीसरह प्रयोग गरी गैरकानुनी लाभ लिने उद्देश्यले आफूखुसी भाडा उठाएको जनाएको छ। अनुसन्धानअनुसार उक्त एम्बुलेन्स तीन वर्ष पाँच महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते प्रकाशित गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा कच्ची सडकमा सञ्चालन भएको भाडा हिसाब गर्दा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि–नोक्सानी भएको ठहर गरिएको आयोगले जनाएको छ।

    उक्त आधारमा पूर्व वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एम्बुलेन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।