Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

खहरे खोलामा आज तेस्रोपटक सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

खहरे खोलामा आज तेस्रोपटक सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

images
  • खहरे खोलामा आज तेस्रोपटक सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध
    images

    काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिक खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार बिहान करिब ७ः३० बजे पहिलोपटक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। करिब पाँच घण्टापछि सडक सञ्चालनमा आए पनि डेढ घण्टा नबित्दै पुनः सोही स्थानमा सुख्खा पहिरो खसेर सडक फेरि बन्द भएको थियो। दोस्रोपटकको पहिरो हटाएर करिब एक घण्टापछि यातायात सञ्चालनमा ल्याइए पनि साँझ करिब ६ बजे तेस्रोपटक पहिरो खसेपछि सडक पुनः अवरुद्ध बनेको हो ।

    images
    images
    images

    हाल इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरो हटाएर सडक छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको र सडक खुलाउन करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ ।

    images
    images

    सडक डिभिजनले उक्त क्षेत्रमा अझै पनि पहिरोको उच्च जोखिम कायम रहेकाले अत्यावश्यक बाहेक रातिको समयमा यात्रा नगर्न तथा यात्रा गर्नै परे अत्यधिक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खहरे खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।