Logo

२०८३, आश्विन १०गते


images
images

नेकपा बुटवल उपमहानगरको पहिलो एकता बैठक, १५१ सदस्यीय नगर समिति गठन

नेकपा बुटवल उपमहानगरको पहिलो एकता बैठक, १५१ सदस्यीय नगर समिति गठन

images
  • नेकपा बुटवल उपमहानगरको पहिलो एकता बैठक, १५१ सदस्यीय नगर समिति गठन
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर समितिको पहिलो एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकतापछि नगरस्तरमा पहिलोपटक आयोजित बैठकले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।

    images
    images
    images

    बैठकमा पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने, वर्तमान सरकारका नीति तथा कार्यक्रमको प्रभावबारे समीक्षा गर्ने र युवा पुस्तालाई पार्टीसँग जोड्ने रणनीतिमा केन्द्रित भएर छलफल भएको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज निर्मल जिसीले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि नेता–कार्यकर्ता टोलटोलमा पुग्नुपर्ने बताए । बदलिएको राजनीतिक र सामाजिक परिवेशमा उत्पीडित वर्ग तथा नेपाली समाजको आवश्यकताअनुसारको राजनीतिक शक्ति नेकपा रहेको दाबी गर्दै उनले जनताको घरदैलोमा पुगेर पार्टीका एजेन्डा र दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिए ।

    images
    images
    images

    नगर समितिका संयोजक महेन्द्र भुसालले पार्टी एकतापछिको पहिलो बैठकले संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे । उनले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिप्रति जनतामा निराशा बढेको उल्लेख गर्दै त्यस्तो अवस्थामा नेकपाले आशाको विकल्पका रूपमा आफूलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

    बैठक तथा प्रशिक्षण कार्यक्रममा जिल्ला सहइन्चार्ज राम परियार, जिल्ला सहइन्चार्ज आशा चौधरी, जिल्ला संयोजक बाबुलाल यादव, केन्द्रीय सदस्य कमल भण्डारी र सुजित विक, बुटवल उपमहानगर इन्चार्ज पुष्पराज ढकाल, माधव पन्थी तथा तुल्सिराम न्यौपानेलगायतले एकताको सन्देश लिएर जनताको घरदैलोमा सक्रिय रूपमा पुग्नुपर्ने धारणा राखेका थिए ।

    बैठकले १५१ सदस्यीय नगर समिति गठन गर्ने निर्णय गरेको छ । साथै एक महिनाभित्र सबै वडामा वडा सम्मेलन सम्पन्न गर्ने र आगामी असोजभित्र नगर सम्मेलन आयोजना गर्ने निर्णय भएको नेता तुल्सिराम न्यौपानेले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।