Logo

२०८३, आश्विन ९गते


images
images

फ्रान्सको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बने जिदान

फ्रान्सको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बने जिदान

images
  • फ्रान्सको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बने जिदान
    images
    images

    काठमाडौँ । फ्रान्स फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा फ्रान्सका महान् पूर्वखेलाडी जिनेदिन जिदानलाई नियुक्त गरेको छ । उनले लामो समयदेखि टोली सम्हालिरहेका डिडिए डेशचाम्पको स्थान लिएका हुन् ।

    images
    images
    images

    फ्रान्स फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा जिदानको नियुक्तिको घोषणा गर्दै उनलाई चार वर्षको जिम्मेवारी दिइएको जानकारी दिए ।

    images
    images
    images

    डियालोले जिदान फ्रान्सेली फुटबलका महान् हस्ती भएको उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने उनको सपना अन्ततः पूरा भएको बताए । ५४ वर्षीय जिदान सन् २०२१ मा स्पेनको रियल मड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएपछि कुनै पनि टोलीको जिम्मेवारीमा थिएनन् । उनी लामो समयदेखि डेशचाम्पका स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिँदै आएका थिए ।

    images
    images
    images

    नियुक्तिपछि जिदानले राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्न पाउदा अत्यन्त खुशी लागेको बताए । उनले पछिल्ला पाँच वर्षमा विभिन्न क्लबबाट आएका प्रस्ताव अस्वीकार गरेको स्मरण गर्दै आफूले फ्रान्सकै टोली सम्हाल्ने इच्छा राखेकाले अन्य अवसर नस्वीकारेको बताए । उनले राष्ट्रिय टोलीलाई सफल बनाउन आफ्नो सम्पूर्ण अनुभव र क्षमता प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वप्रशिक्षक डेशचाम्पको योगदानको पनि प्रशंसा गरे । 

    फ्रान्स फुटबल महासंघका अनुसार डेशचाम्पले सन् २०२६ को विश्वकपपछि पद छाड्ने निर्णय गरेपछि जिदानसँग सन् २०२५ को फेब्रुअरीमै प्रारम्भिक छलफल भएको थियो ।

    जिदानले खेलाडी जीवनमा आफू अग्रपङ्क्तिका सिर्जनात्मक खेलाडी भएकाले आकर्षक र आक्रामक फुटबल मनपर्ने बताए । मैदानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव अब प्रशिक्षकका रूपमा पनि प्रयोग गर्ने उनको भनाइ थियो ।

    डेशचाम्पले सन् २०१२ देखि लगातार १४ वर्ष फ्रान्सको नेतृत्व गरेका थिए । उनको प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो भने सन् २०२२ को विश्वकप र सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।

    अब जिदानको पहिलो चुनौती यसै शरद ऋतुमा हुने युरोपेली नेसन्स लिग हुनेछ । त्यसपछि उनले सन् २०२८ को युरोपियन च्याम्पियनसिप छनोट प्रतियोगितामा फ्रान्सको नेतृत्व गर्नेछन् । फ्रान्सले समूह चरणमा टर्की, बेल्जियम र इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने पहिलो खेल सेप्टेम्बर २५ मा टर्कीसँग खेल्ने तालिका छ ।

    खेलाडी जीवनमा जिदानले सन् १९९८ को विश्वकपको फाइनलमा ब्राजिलविरुद्ध दुई गोल गर्दै फ्रान्सलाई पहिलो पटक विश्वविजेता बनाएका थिए । त्यसपछि उनले सन् २००० को युरोपियन च्याम्पियनसिप पनि जितेका थिए । सन् २००६ को विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका जिदान इटालीविरुद्धको फाइनलमा प्रतिद्वन्द्वी खेलाडी मार्को मातेरात्सीलाई टाउकोले हिर्काएपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सोही वर्ष उनले खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

    प्रशिक्षकका रूपमा पनि जिदानले उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने रियल मड्रिडलाई दुई पटक स्पेनी शीर्ष डिभिजनको उपाधिसमेत दिलाएका थिए ।

    यस वर्षको विश्वकपमा उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६–४ ले पराजित भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रान्स फुटबल महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।