Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता

मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता

images
  • मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता
    images

    काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

    images
    images
    images

    भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको थियो । साथै नेपाल सरकार र युनिसेफबीच सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बढाउने तथा आगामी सहकार्यका प्राथमिकता निर्धारण गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।

    images
    images
    images

    मन्त्री सिता बादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको समन्वयलाई थप परिणाममुखी बनाइने बताइन् ।

    images
    images

    युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने बताएकी थिइन् ।

    भेटवार्तामा बालमैत्री तथा समावेशी समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबीचको सहकार्यलाई अझ व्यवस्थित र परिणाममुखी ढङ्गले अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनिसेफ
  • # बादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।