देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमअन्तर्गत शुक्रबार अंग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूको अंग्रेजी भाषा लेखन क्षमता, सिर्जनशीलता तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता कक्षा १ देखि ३ सम्म कक्षागत तथा कक्षा ४ देखि १० सम्म अन्तरसदनात्मक रूपमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कक्षागत प्रतियोगितामा कक्षा १ तर्फ प्रियन काफ्ले प्रथम, आहाना सुवेदी द्वितीय र अनु विटालु तृतीय भए । कक्षा २ मा श्रीया भण्डारी प्रथम, दिप्सन चापागाई द्वितीय तथा रितिका खनाल तृतीय भए । कक्षा ३ मा मुस्कान थापा प्रथम, संगम चापागाई द्वितीय र श्रीयन साहु तृतीय भए ।
अन्तरसदनात्मक प्रतियोगिताअन्तर्गत जुनियर समूह (कक्षा ४–६) मा पहेँलो सदनकी जिबिका बस्याल प्रथम, रातो सदनकी शशिका खनाल द्वितीय तथा हरियो सदनकी अलिश्मा अधिकारी तृतीय भइन् ।
सिनियर समूह (कक्षा ७–१०) मा पहेँलो सदनकी लक्ष्मी तिवारी प्रथम, रातो सदनकी युनिटी राना मगर द्वितीय तथा पहेँलो सदनकी सुदिक्षा श्रेष्ठ तृतीय भइन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयले बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थीको भाषा दक्षता, आत्मविश्वास र सिर्जनात्मक अभिव्यक्तिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य मनोज कुमार गैरेले गरेका थिए भने सञ्चालन विद्यालयका कोर्डिनेटर विष्णु अर्यालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology