Logo

२०८३, आश्विन १०गते


images
images

कावासोतीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

कावासोतीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु

images
  • कावासोतीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु
    images
    images

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका –०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

    images
    images
    images

    कावासोतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका –०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा बिहान करिब ७: ३० बजे मध्यबिन्दु नगरपालिका –११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिईएको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रकको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।