Logo

२०८३, आश्विन १०गते


images
images

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांचजना घाईते, एकको अवस्था गम्भीर

चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांचजना घाईते, एकको अवस्था गम्भीर

images
  • चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पांचजना घाईते, एकको अवस्था गम्भीर
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतवार ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई चौध किलो भन्ने स्थानमा ठक्कर दिंँदा कारमा सवार ५ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाईते हुनेहरुमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेक प्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाण्डौ महानगरपालिका–१६ का रामहरी मिश्र रहेका छन् ।

    images
    images
    images

    ती मध्ये न्यौपानेको अवस्था गम्भिर जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रकको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।