Logo

२०८३, आश्विन १०गते


images
images

राजनीतिभन्दा ठुलो मानव सेवा केहि छैन: गगन थापा

राजनीतिभन्दा ठुलो मानव सेवा केहि छैन: गगन थापा

images
  • राजनीतिभन्दा ठुलो मानव सेवा केहि छैन: गगन थापा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन् ।

    images
    images
    images

    पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले सत्ता प्राप्त मात्र भन्दा पनि राजनीति भन्दा ठुलो मानव सेवा केहि नभएको बताएका हुन् । 

    images
    images
    images

    उनले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उनले बताए । उनले सीपमा आधारित विपद् व्यवस्थापनमा जोड दिदै विपद्को समयमा उद्धार गर्न भावना, इच्छा र स्वतःस्फूर्त कार्य मात्र पर्याप्त नहुने धारणा राखे । 

    images
    images
    images

    सुनसरी घटनामा पनि आफुहरुले स्व: स्फुर्त रुपमा स्थिति साम्य गराउन भूमिका खेलिरहेको बताउदै त्यसैले नेपाली काँग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गरे ।   

    उनले सबै पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिदै संयन्त्रले घटना घटेपछि मात्र सक्रिय हुने नभई निरन्तर रूपमा विपद् सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने स्पष्ट गरे ।

    विपदमा उद्धार गर्न सीप पनि चाहिने भएकाले आफुहरुले प्रशिक्षण दिन लागेको बताउदै प्राकृतिक प्रकोपका पीडितहरूलाई राहत र उद्धार गर्न भावनाले मात्र नहुने बताए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।