Logo

२०८३, कार्तिक २८गते


images
images

प्रतिबन्धित खैरो हिरोइन र क्याप्सुलसहित दुई भारतीय पक्राउ

प्रतिबन्धित खैरो हिरोइन र क्याप्सुलसहित दुई भारतीय पक्राउ

images
  • प्रतिबन्धित खैरो हिरोइन र क्याप्सुलसहित दुई भारतीय पक्राउ
    images

    झापा । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नम्बर ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन् ।

    images
    images
    images

    एस फुल सेकुवा कर्नरमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराभित्रबाट १०२.३१० ग्राम (एक सय दुई ग्राम तीन सय दश मिलिग्राम) खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७,२०० वटा ट्रामाडोल क्याप्सुल र ७,४५० वटा निटजाससेनट्याब्लेट बरामद गरिएको हो।

    images
    images

    साथै उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध नियन्त्रण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।