देवदह । रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहको १४औँ पदस्थापना तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । शनिबार आयोजित समारोहमार्फत वर्ष २०२६–२७ का लागि कमल थापाले अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले संस्थाको दिगो विकासको लागि टिमवर्क महत्वपूर्ण हुने बताइन् । उनले जीवन संघर्ष, सिकाइ र निरन्तर आत्मविकासको यात्रा भएकाले युवाहरूले नेतृत्वसँगै सेवा र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा क्लबका डिस्ट्रिक्ट रोट्र्याक्ट प्रतिनिधि प्रकाश शर्मा, डिस्ट्रिक्ट रोट्र्याक्ट प्रतिनिधि–निर्वाचित गोपीकृष्ण तिवारी तथा देवीराम भट्टराई सहभागी थिए ।
निवर्तमान अध्यक्ष विजय अमगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन किसान थापा दर्लामीले गरेका थिए भने प्रीति यादवले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा निवर्तमान नेतृत्वलाई सम्मान गर्दै नयाँ कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology