Logo

२०८३, कार्तिक २८गते


images
images

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन

images
  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
    images

    बुटवल । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले  प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको थियो ।

    images
    images
    images


    कार्यक्रममा बोल्दै अमात्यले  बीमा अभिकर्ताहरुको सबैभन्दा ठूलो संगठन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ भएको बताउँदै यसको गरिमालाई जोगाई राख्न विमितको विस्वास जितेर काम गर्नुपर्ने बताए । उनले जुनसुकै संस्थाको विकास र हितका लागि संगठनको आवश्यकता हुने भएकाले लुम्बिनी प्रदेशमा भएको प्रथम भेलाबाट सक्षम नेतृत्व निर्माण हुने बताए ।

    images
    images
    images


    कार्यक्रममा सानिमा रिलायन्स लाईफ  इन्स्योरेन्सका केन्द्रीय वरिष्ठ उपाध्यक्ष  श्याम गुरुङ, केन्द्रीय उपाध्यक्षद्वय ऋषिराम भुसाल, रामजी पोखरेल, केन्द्रीय सहसचिव चन्द्र बहादुर नेपालीलगायतले शुभकामना मन्तव्य राख्दै  बीमा पेशालाई मर्यादित र क्रियाशीलता बनाई संगठितरुपमा अगाडि बढ्नुपर्ने बताए ।  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघमा १४ वटा जीवन बीमा र १४ वटा अरु निर्जीवन बीमा कम्पनीहरु आवद्ध रहेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका करिब ७० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सारदा खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय सहसचिव सुभाष रिजालले गरेका थिए ।  

    images
    images


    प्रथम प्रादेशिक भेलाले मान बहादुर कुँवरको अध्यक्षतामा  १३ सदस्यीय नयाँ समिति सर्वसम्मतरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा केशर प्रसाद  पोखरेल -नवलपरासी), प्रेम नारायण गैरे -कपिलवस्तु), पूर्ण बहादुर गमाल मगर -प्यूठान), सचिवमा शारदा खनाल -बुटवल), सहसचिवमा चेत बहादुर  सारु -पाल्पा), कोषाध्यक्षमा सञ्जु बस्याल -भैरहवा) चयन भएका हुन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा झलक कुमार चन्द - नेपालगञ्ज), देवेन्द्र चौधरी -दाङ), अमर बहादुर भाट क्षेत्री -अर्घाखाँची), विष्णु प्रसाद खनाल -बुटवल), माया पौडेल -कपिलवस्तु) र राजेश कुमार बानियाँ -भैरहवा) चयन भएका हुन् ।
    नवनिर्वाचित समितिको टिमलाई निर्वाचन समितिका संयोजक ऋषिराम भुसालले सपथग्रहण गराएका थिए । उक्त निर्वाचन समितिको सदस्यहरुमा खडक बहादुर क्षेत्री र रामजी पोखरेल रहेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।