Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

रोल्पामा जिप दुर्घटना, नौ जना घाइते

रोल्पामा जिप दुर्घटना, नौ जना घाइते

images
  • रोल्पामा जिप दुर्घटना, नौ जना घाइते
    images
    images

    रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो । २२ वर्षीय चालक दिलकुमार वलीले चलाएको जिपमा चालकसहित १० जना सवार थिए ।

    images
    images
    images

    दुर्घटनामा धर्मराज डाँगी, सुपुरी डाँगी, पलबहादुर घर्तीमगर, गम्भीर घाइते भएका सहचालक चित्रराम वली, मनिका डाँगी, उनका चार वर्षीय छोरा प्रदीप डाँगीसहित अन्य तीन जना घाइते भएका छन् । सबै घाइतेको जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।