Logo

२०८३, आश्विन ९गते


images
images

शिल्पी थिएटरमा नाटक "त्रयम्": तीन महिलाको "त्रिकोणात्मक कथा"

शिल्पी थिएटरमा नाटक "त्रयम्": तीन महिलाको "त्रिकोणात्मक कथा"

images
  • शिल्पी थिएटरमा नाटक "त्रयम्": तीन महिलाको "त्रिकोणात्मक कथा"
    images
    images

    रेशम अधीकारी, काठमाडौं । किंग्स कलेजको प्रस्तुतिमा  शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक ‘त्रयम्’ मन्चन भईरहेको छ । दिलिप रानाभाटको लेखन एवम्  निर्देशन रहेको  नाटक ‘त्रयम्’  जेठ २० गते देखि नियमित मन्चन भईरहेको छ । 
     
    रोनिशा सिंहको  सहायक निर्देशन रहेको नाटकमा रशिला मगर, अनिशा कुंवार, फुर्ललामु तामांग, सैलेशा राना, अनकुल सुबेदी, अनिश कटुवाल, सुमित घिमरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । नाटक उत्पादनमा दिक्षित भट्ट,आलोक लम्साल र सगुन खड्काको  मुख्य भूमिका रहेको छ । 

    images
    images
    images

    नाटकको कथासार:
    नाटक "त्रयम्" अर्थात् बिहान्, दिउँसो, साझ, अर्को अर्थ भुत, बर्तमन र भविस्य,  यो  समाजमा रहेका तीन प्रकारका महिला  प्रतिनिधि पात्रका माध्यमबाट समाजमा हुने महिला हिँसा,  पुरुषवादी सोच र पुरुषार्थसंग सम्बन्धित रहेको छ ।
     नाटकमा कलाकारको अभिनय कुशलताबर कलात्मकता रहेको छ । नाटकका  पात्र केवल नाटकका पात्रमात्र  छैनन् उनिहरु वर्तमान समाजको वास्तविक प्रतिनिधि पात्रका रुपमा उभिएको देख्न सकिन्छ । समग्रमा नाटक  `त्रयम्’  महिलाको  पारीवारिक सम्बन्ध, महिलामाथि हुने यौन दुर्व्यवहार, एकल महिलाप्रति  समाजको दृष्टिकोण प्रती उब्जिएको एक कथा हो भन्दा फरक नपर्ला । 
    नाटकमा मनोरञ्जन र भावनात्मक दुवै प्रसङ्ग व्याप्त पाईनेछ  । 

    images
    images
    images

    यस नाटकमा सुनिने गीत,गीतमा जीवनप्रतिको बोध भेटिन्छ । संगीत र नाटकको संयोजनले नाटकमा सुगन्ध थपिएको छ । नाटकमा जीवनका स–साना पक्षहरुलाई केलाई कलात्मक रुपमा प्रस्तुतिकरण गरिएको छ ।

    images
    images
    images

    ‘त्रयम्’  जेठ २६  गतेसम्म हरेक साँझ साढे पाँच बजेदेखि बानेश्वर बत्तीसपुतली स्थित शिल्पी  थिएटरमा प्रस्तुत हुनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रयम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।