Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली

काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली

images
  • काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पद बहाली गरेका छन् । पद वहालका क्रममा अर्याललाई कार्यवाहक प्रमुख सुनिता डंगोलसहितका महानगरका पदाधिकारीले स्वागत गरेका थिए । 

    images
    images
    images

    वि. सं. २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव भएका हुन् । गएको १ वर्षदेखि उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । त्यस अघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् । 

    images
    images
    images

    साउन २० गतेको मन्त्रीपरिषदको निर्णयबाट उनी पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा भएका थिए ।   

    images
    images
    images

    आज नै आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले, काठमाडौँलाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रुपमा छवि विकास गर्ने गरी आफूले कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताए । महानगरमा यस अघि सरोज गुरागाईँ प्रमुख प्रशासकीय अधिकृत थिए । उमेर हदका कारण उनी साउन २० गते अनिवार्य अवकाशमा गएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।